आज शुक्रवार सिनेमाहलमा एक नेपाली चलचित्र र एक बलिउड चलचित्र रिलिज भएका छन् । जसमा नायिका निता ढुङ्गाना अभिनित 'पंचायत' र बलिउड अभिनेता अजय देवगन अभिनित 'रेड' रहेको छ । नेपाली चलचित्रमा आज पंचायत बाहेक कुनै चलचित्र रिलिज भएन् । गत साता रिलिज भएका मंगलम र गाँजाबाजा भने दोस्रो सातामा प्रवेश गरेको छ ।
पंचायतमा निताको साथमा जानवी बस्नेत, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शिवम् अधिकारीको निर्देशन रहेको चलचित्रले गत शुक्रवार प्रिमियर गरेको थियो । उक्त प्रिमियरमा सोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । मल्टिप्लेसमा चलचित्रले थोरै सो पाएको छ । ब
बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको चलचित्र रेड आजबाट रिलिज भएको छ । चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अजयको साथमा अभिनेत्री इलियाना डिक्रुज्को मुख्य भूमिका रहेको छ । रेड सत्य घटनामा आधारित चलचित्र हो । बाद्शाहोमा एकसाथ देखिएका अजय र इलियाना दोस्रो पटक रेडमा सँगै काम गरेका हुन् । रेडलाई मल्टिप्लेसमा सर्वाधिक सो दिइएको छ ।