अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसामु लुक्न सकेको छैन । सामाजिक सञ्जाल,मिडियामा यी दुई आफ्नो प्रेमबारे खुलेर नै आइरहेका छन् । चलचित्र ‘कथा काठमाडौँ’मा एकसाथ काम गर्न सुरु गरेका प्रियंका र आयुष्मान नयाँ चलचित्रको लागी अनुबन्धित भएका छन् । चलचित्र ‘चङ्गाचेट’मा यी रियल लाईफ कपल अनुबन्धित भएको खबर बाहिरिएको छ । ‘चङ्गाचेट’लाई माधव वाग्लेले निर्माण गर्दै छन् भने दिपेन्द्र के खनालको निर्देशन रहने छ । यसै चलचित्रको लागी निर्देशक खनालले २५ लाख लिइएको खबर केही समय अघि बाहिरिएको थियो चलचित्रमा आयुष्मान र प्रियंकाको साथमा ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसीको मुख्य भूमिका रहने बताइएको छ । चलचित्रको छायाङ्कन केही समयमा सुरु हुने बताइएको ।