चलचित्र ‘चपली हाइट २’बाट एकसाथ रजतपटमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशी र परमिता राना पुनः एक पटक एकसाथ चलचित्रमा देखिने भएका छन् । एक समय गहिरो प्रेममा परेका आयुष्मान र परमिताको गत वर्ष ब्रेकअप भएको थियो । परमितासँग ब्रेकअप भएको हप्ता दिन नबित्दै अभिनेत्री प्रियंका कार्कीको प्रेममा आयुष्मान परेका थिए ।
चलचित्र ‘कथा काठमाडौँ’को छायाङ्कनको क्रममा यी दुई नजिकिएका उनीहरूको निकट बताउँछन् । यति बेला आयुष्मान आफ्नो पूर्व प्रेमिका परमितासँग चलचित्रमा देखिन्दैछन् भने उनको हालकी प्रेमिका प्रियंका यसै चलचित्रकी मुख्य कलाकार हुन् । बाहिरिएको खबर अनुसार चलचित्रमा प्रियंका र आयुष्मानको जोडी देख्न पाइनेछ । तर परमिताको भने भूमिका खुलेको छैन । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गर्दै छन् । यो चलचित्रमा प्रियंका, आयुष्मान, परमिताको साथमा ऋचा शर्मा, रबिन्द्र झा, सन्ध्या केसी लगायतका कलाकारको अभिनय रहने बताइएको ।