पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि...’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।उत्सव दाहालद्वारा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ ।