विश्वको चर्चित रियालिटी सो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ अब नेपालमा सुरु हुने भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा द भ्वाईसको औपचारिक घोषणा गरिएको हो । यो रियालिटी सो विश्वको नम्बर एकमा पर्ने सो हो । नेपालमा भने असार बाट यो कार्यक्रम प्रसारण हुने आयोजकले बताएको छ । यो रियालिटी सोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्ने भएका छन् भने प्रलाद सिंह ठकुरी एमडी रहेका छन् । कार्यक्रमलाई सुशील नेपालले होस्ट गर्दै छन् ।कार्यक्रममा निर्णायकको रूपमा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन् । ‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ। विजेताले पच्चिस लाख नगद, नयाँ कार, बिस लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्। आयोजकका अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली सो अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत जानेछ। केही सोहरू ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रसारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाइएको छ।