चलचित्र ‘लम्फु’को दोस्रो गीत सार्वजानिक भएको छ । ‘दोधारमा परेँ’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा नरेश भट्टराईका शब्द रहेको छ । आउँदो वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा नायिका मरिश्का पोखरेल र नव–नायक कबिर खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव विकको कोरियोग्राफर रहेको छ। 

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुसुम श्रेष्ठको पनि अभिनय रहेको छ  । चलचित्र ’लम्फू’लाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् ।