आउँदो चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलीबिली’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको तीन पोस्टरमा चलचित्रका मुख्य दुई पात्र प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् ।

चलचित्रको दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । दुवै गीत र पोस्टरलाई दर्शकले रुचाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

प्रदीप र जसिताको जोडीमा ‘लिलीबिली’को पोस्टर सार्वजनिक

काफिया फिल्मस्  सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप र जसिताको साथै प्रियंका कार्की, अनुपबिक्रम शाही र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको छ । 

प्रदीप र जसिताको जोडीमा ‘लिलीबिली’को पोस्टर सार्वजनिक प्रदीप र जसिताको जोडीमा ‘लिलीबिली’को पोस्टर सार्वजनिक