यस वर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ले आफ्नो बुकिङ खुल्ला गरेको छ । भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको बुधवारबाट बुकिङ खुल्ला गरिएको हो । सिंगल रिलिज पाएको चलचित्रले मल्टिप्लेक्समा अधिंकास सो पाएको छ। चलचित्रलाई देशभरबार क्युएफएक्समा मात्र ४० बढी सो पाएको छ । त्यस्तै काठमाडौँको एफ क्युबमा ८, सिडिसीमा १०, क्युज सिनेमामा ७ र बिएसआरमा ८ सो पाएको हो । ’

अधिकांश सो सहित ‘शत्रु गते’को बुकिङ खुल्ला 

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको ’शत्रु गतेलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ । दीर्घ गुरुङले खिचेको यस चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् भने दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माताहरू हुन् । चलचित्र ’शत्रु गते’ चैत्र ९ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।