२०७२ सालमा चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदीप खड्का र नायिका पूजा शर्माको  निकै चर्चा भयो । सुदर्शन थापाको निर्देशन, सन्तोष सेनको निर्माणमा बनेको चलचित्रमा पूजा र प्रदीप मुख्य भूमिकामा देखिएका थिए । लचित्र प्रदर्शन भएसँगै यता दर्शकले ‘प्रेमगीत’लाई रुचाए भने उता चलचित्रको टिम बिचको दुरी बढ्दै गयो । जसको परिणाममा निर्देशक सुदर्शन थापा र पूजा शर्मा एकापट्टि भए भने निर्माता सेन र नायक प्रदिप खड्का अर्को पट्टि भए । प्रेमगीत प्रदर्शन लगत्तै बिग्रिएको सम्बन्धले मिडिया गसिपका लागि राम्रो स्थान पायो । केही समय पछि निर्देशक थापा र नायिका शर्मा मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ बनाए । त्यस्तै यता निर्माता सेनले नायक प्रदिपलाई लिएर प्रेमगीतको सिक्वेल ‘प्रेमगीत २’ तयार पारे । दुवै चलचित्र यस वर्ष हिट चलचित्रमा दर्ता भयो । हाल प्रदीप चलचित्र ‘लिलीबिली’को प्रमोसनमा छन् भने पूजा नयाँ चलचित्र ‘रामकहानी’को सुटिङमा व्यस्त छिन् । पानी बाराबारको सम्बन्धमा रहेका प्रदीप र पूजाको भेटले यति बेला सिनेबृतमा तंरग पैदा गरेको छ । एकअर्काको मुख हेर्ने सम्म नरुचाउने यी दुईको बुधवार पुतलीसडकमा जम्काभेट भयो । लिलीबिली प्रमोसनको लागी अन्तवार्ता दिइरहेका प्रदिप र रामकहानीको सुटिङबाट फर्किएकी पूजाको भेट भएसँगै एकै छिन् कोही बोलेनन् । पछि प्रदीप आफै पूजासँग बोले । दुवैले एकसाथ तस्बिर पनि खिचाए । 

पूजा र प्रदीपको भेट, के गर्दै छन् एकसाथ फिल्म ? 

‘प्रेमगीत’ पछि प्रदीप र पूजाको जोडीलाई दर्शकले निकै रुचाए । यी दुईलाई एकसाथ चलचित्रमा हेर्न चाहने धेरै छन् । सँगै चलचित्र खेल्ने सम्भावना कति छ ? भनेर प्रदिपलाई सोधिएको प्रश्नमा उनी भन्छन् ‘हामी बिच केही त्यस्तै नराम्रो सम्बन्ध छैन । यदि कोही हामीलाई चलचित्र खेलाउन चाहनु हुन्छ र राम्रो कथा ल्याउनु हुन्छ भने मेरो तर्फबाट कहिले नाइँ जवाफ आउदैन् । ’ 

तस्बिर -कुशल राई