नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को सिक्वेल बन्ने खबर बाहिरिएको छ। कृ निर्माता सुवास गिरीको सोलो लगानीमा ‘कृ–२’ निर्माण हुने भएको छ । उनका अनुसार कृ–२ को लागी नायक अनमोल केसीसँग मौखिक सम्झौता भइसकेको छ । केही दिन अघि जापानमा आयोजना भएको विशेष प्रदर्शनमा निर्माता गिरी, अनमोल केसी र भुवन केसी पुगेका थिए ।सोहीक्रममा अनमोलसँग कुराकानी भएको बताइएको छ । बुझिए अनुसार केही दिनमा अनमोलले कृ–२को लागी कागजी सम्झौता गर्दै छन् । अनमोल यति बेला नयाँ चलचित्र ‘क्याप्टेन’को तयारीमा लागिरहेका छन् । त्यस्तै सुवास गिरी नायक प्रदीप खड्कालाई लिएर ‘भैरवी’ निर्माण गर्दै छन् । ‘क्याप्टेन’ र ‘भैरवी’को छायाङ्कन पछि ‘कृ–२’को सुटिङ सुरु हुने बताइएको छ । चलचित्रका लागी निर्देशक र नायिका भने केही दिनमा फाइनल हुने बताइएको छ ।