गत शुक्रवारबाट प्रदर्शनरत चलचित्र ‘शत्रु गते’लाई दर्शकको रुचाएका छन् । शुक्रवारबाट नै आक्रामक सुरुवात गरेको चलचित्रलाई शनिवार दर्शकको साथ मिलेको छ । शनिवार राजधानीका अधिकांश मल्टिप्लेक्स हाउसफुल रह्यो भने मोफसलमा पनि अवस्था त्यस्तै रहेको निर्माण पक्षले बताएको छ । त्यस्तै सिंगल थिएटरमा गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो । शनिवार दर्शकसँग साक्षत्कार गर्ने चलचित्र युनिट हल–हलमा पुगेको थियो । चलचित्र हेर्ने हल पुगेकाहरु कलाकारहरूसँग फोटो खिच्न तछाड मछाड गरेको देख्न सकिन्छ ।

चलचित्रलाई ’जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुनर््  मह सञ्चारको ब्यानरमा निर्माण गरिएको चलचित्रका प्रस्तुतकर्ता कलाकार किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । दीर्घ गुरुङको छायाङ्कन रहेको चलचित्रको सम्पादन मित्र गुरुङले गरेका हुन् ।चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

दर्शकलेको दिएको प्रतिक्रियामा खुसी हुर्दै निर्माताका साथै कलाकार हरिवंश आचार्य भन्छन् ‘ चलचित्रलाई दर्शकले रुचाउनु भएको छ । शुक्रवार भन्दा शनिवार दर्शकको चाप बढ्दो छ । म आफै विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझ्दा शत प्रतिशत पोजेटिभ पाएको छु । हामीले चलचित्र रेकर्ड तोडन् बनाएका हैनौ , हामीले दर्शकको मन जित्यौ ।’ त्यस्तै निर्देशक प्रदीप भट्टराई भन्छन् ‘चलचित्रलाई रुचाइदिनु भएकोमा आभारी छु । हाम्रो एउटै उद्देश्य हो मनोरञ्जन दिने , जसमा हामी सफल भएका छौ । जति प्रतिक्रिया पाए खुसी छु’