यही आउँदो चैत्र २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमीसँग’को युनिट मोफसल टुमा निस्किएको छ । चलचित्रका कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन साथमा निर्देशक शिशिर राना सहितको टिम मोफसल प्रचारमा निस्किएको हो । चलचित्र युनिटले हालै चितवनमा प्रमोसन कार्यक्रम सकाएको बताइएको छ । चितवनसँगै यो टोली बुटवल र पोखरा पुग्ने छ । प्रर्दशनकाे हिसावमा साम्राज्ञीकाे याे तेस्राे चलचित्र हाे । यसअघिका दुई चलचित्र उनका हिट छन् । तिमीसँगमा साम्राज्ञी बाेल्ड भूमिकामा देखिएकी  छिन् । मित्रता,प्रेमले  भरिएकाे तिमीसँगकाे ट्रेलर र तीन गीतहरु रिलिज भइसकेका छन् ।