अभिनय भन्दा बढी आफ्नो मोटोपनको कारण आलोचित हुने नायिका हुन्–वर्षा राउत । प्राय जसो कार्यक्रममा वर्षाको मोटोपनको बढी नै चर्चा हुने गर्दछ । आफ्नो वजन घटाउन वर्षाको मन नभएको पनि होइन, तर चलचित्र सुटिङ लगायतका कामको व्यस्तताले उनी जिमखाना पुग्न भ्याउदिनन् । पछिल्लो केही समयता वर्षा नियमित जिम जान थालेकी छिन् । उनी आफ्नो प्रेमी नायक संजोग कोइरालासँग सिटिसी मलमा रहेको ‘फिटनेस पार्क’मा हरेक बिहानी करिब १ घण्टा बिताउँछिन् । ‘मलाई खाजा, खाना जसरी नै जिमको बानी बसाल्नु छ । ’ वर्षा भन्छिन् । लगातार जिम गएको वर्षा तीन हप्ता भयो । त्यसक्रममा उनको तीन किलो वजन घटेको उनी बताउँछिन् । यता नायक संजोग विगत ६ वर्ष देखि जिम गइरहेका छन् । ‘आफ्नो स्वास्थ्यको लागी पनि व्यायाम जरुरत छ । जिमले गरेपछि शरीर दिनभर फ्रेस भइरहन्छ । ’ उनी भन्छन् । 
‘जिम टाइम’मा नायक संजोग कोइराला र नायिका वर्षा राउतसँग गरिएको कुराकानी :-