गत शक्रुबारबाट नेपालमा सफलताको साथ प्रदर्शन भएको चलचित्र ‘शत्रु गते’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । चलचित्र ‘अमेरिकाको टेक्सस ड्यालसमा ‘पचास पटक प्रदर्शन गरिने भएको हो । नेपाल ११ इन्टरटेन्टमेन्टको सहकार्यमा प्रदर्शन गर्ने लागिएको ‘शत्रु गते’ दुई हप्तामा दुई वटा सिनेमा हलमा ५० पटक प्रदर्शन गरिने आयोजक प्याट्रिक सुवेदीले जानकारी दिए । चलचित्र यही अप्रिल १ देखि १५ तारिक सम्म प्रदर्शन हुदैँछ ।
टेक्सस राज्यको ड्यालसको अर्बिंग र रिचार्डसन् स्थानमा ५० पटक प्रदर्शन गरिने हुँदा अमेरिकामा सबैलाई सुविधा हुने समयमा चलचित्र हेर्न आउन समेत आयोजकले अनुरोध गरेका छ ।
प्रदीप भट्टराईको निर्देशन र महजोडीको प्रस्तुतिमा बनेको चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा निर्माण पक्षको जानकारी अनुसार चलचित्रले ३ दिनमा तिन करोड बढीको कमाई गरिसकेको छ ।