अभिनेत्री ऋचा शर्मा र चलचित्र ‘छक्का पञ्जा’ युनिटबिच केही समय अघि फेसबुक वार नै भएको थियो । एक समारोहमा ऋचाले ‘छक्का पञ्जा’ चलचित्रले महिलामाथि विभेद गरेको र चलचित्र हेरिरहन्दा आफू मूर्ख भएको भनेर अभिव्यक्ति दिएकी थिइन् । यता ‘छक्का पञ्जा’का सम्पूर्ण कलाकारले उत्तरस्वरुप एकै प्रकारको स्टाटस राख्दै ऋचालाई ‘गेटविल सुन’ लेखेका थिए । प्रायले ऋचा विरुद्धको स्टाटस दिपकराज गिरीले लेख्न लगाएको समेत भने। दिपक छक्का पञ्जाका कलाकार,निर्माता र लेखक पनि हुन् । केही समय यो विषयले ठुलै रूप लियाे धेरैले दिपकराज र ऋचा बिच अब बोलचाल नै नहोला भन्ने समेत अनुमान लगाएका थिए । राजनीति जस्तै चलचित्रमा पनि कसको कति बेला झगडा पर्छ र कसको कति बेला मेलमिलाप हुन्छ कसैले अनुमान लगाउनै सक्दैन । यस्तै भएको छ दीपक र ऋचाको सम्बन्धमा । ऋचाको निर्माण र अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’को केही दिन अघि ट्रेलर सार्वजनिक गरिएको थियो । सोही ट्रेलरलाई यता कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक वालमा ऋचालाई शुभकामना दिँदै सेयर गरेका छन् । ट्रेलर सेयर गर्दै उनी लेख्छन् ‘सबै प्रकारको फिल्म बन्नु पर्छ, सबै प्रकारको नेपाली फिल्म चल्नु पर्छ...आफ्नो फिल्म चल्दा मात्रै होइन अरूको फिल्ममा पनि ताली बज्नु पर्छ.................रिचा शर्माको “ सुनकेशरी”
ट्रेलर !!!’ यता ऋचाले चलचित्र शत्रु गतेको बधाई दिँदै लेख्छिन् ‘धेरै धेरै धन्यवाद दिपकराज गिरी दाइ अनि सत्रुगतेको सफलता को मुरी मुरी बधाई ’