गीत चोरीको आरोपमा 'कृ' निर्माता सुवास गिरी पक्राउ परेका छन् । केहि दिन अघि चलचित्र 'कृ'को उकालीमा अघि अघि बोलको गीत चोरेको आरोपमा उजुरी लिएर शम्भु प्रधान प्रहरीकोमा पुगेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो ।
प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ।
(बिस्तृत जानकारी आउन बाँकी)