माघ १२ गतेबाट पोस्टपोन्ड भएको अभिनेता नरेन खड्का चलचित्र ‘स्वर्ग मेरो गाउँ’ अब वर्ष २०७५ को वैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । विविध कारणले पूर्व्निर्धा्रित मितिमा प्रदर्शन हुन नसकेपनि अब वैशाख ७ गतेबाट चलचित्रको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिए । चलचित्रले सहरबाट गाउँ घुम्न गएका युवतीहरू गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । चलचित्रमा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रीति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।