सुदर्शन थापाको निर्देशनमा यति बेला धमाधम चलचित्र ‘रामकाहनी’को सुटिङ भइरहेको छ । पोखरामा छायाङ्कन सकाएर हाल काठमाडौँको विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्रमा पहिलो पटक नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले जोडी बाँधेका छन् ।
यसअघि पूजा नायकद्धय प्रदीप खड्का र पल शाहसँग स्किृन सेयर गरेर चर्चामा थिइन् । तर आफूलाई अरू नायकहरू भन्दा आकाशसँग बढी सहज भएको पूजा बताउँछिन् । भन्छिन् ‘हामी बिच धेरै कुराहरू सेयर हुन्छ । मलाई यस पटक उ (आकाश)सँग निकै कम्र्फट भएको छ । ’ चलचित्रको छायाङ्कन करिब ७० प्रतिशत सकिएको पूजाले जानकारी दिइन् । चलचित्र रामकाहनीमा पूजा निर्मात्री हुन् ।