प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नेप्टे’को तश्रो गीत 'आँखा छ चिम्रो'  सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।  सार्वजनिक गीत 'आँखा छ चिम्रो' मा गायक बिषण राई र दीपा लामाको स्वोर रहेको छ गीतमा शब्द , सङ्गीत भने नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ ।  गीतमा रोहित सँगै बुद्धि तामांग हैट , अर्जुन गुरुङ र नायिका पूर्णिमा लामालाई फिचर गरिएको छ । यस  गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।  

देव कुमार श्रेष्ठले निर्देशनमा तयार भएको चलचित्रमा  किरण माइकलको पटकथा एवं संवाद रहेको छ भने रोहित आफैँले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरि घले लामाले खिचेका हुन् ।  चलचित्रमा सन्तोष राज , बाबु बोगटी ,ओम सुनारको सङ्गीत रहेको छ  ।चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।