प्रदर्शनमा आएको करिब दुई महिना पछि चलचित्र ‘कृ’को विवाद बल्झिएको छ। चलचित्रमा समावेश भएको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरिएको भन्दै ‘सम्झना’ चलचित्रका निर्देशक शम्भु प्रधानले केही समय अघि प्रहरीमा उजुरी दिएका थिए । मङ्गलवार निर्माता कृका निर्माता सुवास गिरीलाई यसबिषयमा छलफल गर्ने भन्दै प्रहरी चौकी बोलाइएको थियो । छलफलको लागी बोलाइएता पनि आफूलाई अन्य अपराधी जसरी हिरासतमा थुनिएको भन्दै सुवासले मिडियासामु गुनासो पोखेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मले गर्दै आफू माथि सरासर अन्याय भएको सुवास बताउँछन् । एक रात हिरासतमा बसेका सुवासले निर्देशक शम्भु प्रधानलाई ११ लाख दिएर हिरासतमुक्त भएका छन् ।
पत्रकार सम्मेलनमा गुनासो पोख्दै निर्माता सुवास गिरी र भुवन केसी ः–