युवामाझ लोभलाग्दो क्रेज बनाएका नायक अनमोल केसी २४ वर्षमा प्रवेश गरेका हुन् । उनी आज चैत्र १६ गते २३ पुरा भएर २४ वर्षमा लागेका हुन् । सन् १९९४ मा पिता भुवन केसी र माता सुस्मिता केसीको कोखबाट अनमोलको जन्म भएका हो । बालकलाकार हुँदै अनमोलले ‘होस्टेल’बाट नायकको रूपमा डेव्यु गरेका हुन् । पहिलो चलचित्रबाट नै अनमोल युवा पुस्तामा चर्चित भइसकेका थिए । उनले लगतै ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ र ‘कृ’मा काम गरिसकेका छन् । नायकको रूपमा काम गरेका अनमोललको ५ वटा चलचित्र नै सुपरहिट भएको छ । उनी यति बेला चलचित्र ‘क्याप्टेन’को तयारीमा छन् । त्यस्तै अनमोललाई आफ्नो बुवा भुवन केसीले फेसबुकमा भावुक स्टाटस लेख्दै शुभकामना दिएका छन् । भुवन लेख्छन् ‘थाहा छैन, म तिम्रा लागि असल पिता बन्न सकेँ कि सकिन् तर तिमीले आफूलाई यो संसारको सबैभन्दा असल छोरा प्रमाणित गरेका छौ । जन्मदिनको धेरै धेरै शुभकामना अनमोल !’ 

२४ वर्ष पुगेका अनमोललाई भुवन भन्छन् ‘तिमी असल छोरा हौँ’

युवास्टार अनमोल केसीलाई सिनेपाटीको तर्फबाट जन्मदिनको शुभकामना !