नायक प्रदीप खड्का र नव–नायिका जसिता गुरुङ अभिनित चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा सम्पन्न भएको छ ।  । आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा आयोजना गरिएको प्रिमियरमा नेपालबाट प्रदीप, जसिता र निर्माता गोविन्द शाही सहभागी भएका थिए । प्रिमियरलाई जापानको डेस्टिनी क्रियसनले आयोजना गरेका हो । प्रिमियरमा चलचित्रले प्रशंसा पाएको  डेस्टिनी क्रियसनका कृष्ण खरेलले बताए । ‘लिलीबिली’को दर्शक प्रतिक्रिया र उपस्थित सङ्ख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली चलचित्रको सो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको केही दिन अघि ट्रेलर रिलिज भएको थियो । उक्त ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।