चलचित्र ‘रामकहानी’ कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र नायिका पूजा शर्मा एकसाथ देखिन्दै छन् ।चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । करिब ७० प्रतिशत छायाङ्कन सकिएको चलचित्र आउँदो भदौ २२ गतेबाट नेपालभर प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।
कमेडी लभस्टोरीमा निर्माण भएको चलचित्रमा पूजा र केदारको साथमा आकाश श्रेष्ठ, जितु नेपाल , रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई निर्देशक थापा र नायिका शर्मा मिलेर निर्माण गरेका हुन् । यसअघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ बनाएका थिए ।