वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मङ्गलवार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कान्सरले ग्रसित यशोदाको सोमबार राती उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । मङ्गलवार बिहान उनको पार्थिव शरीरलाई पशुपतिमा लगिएको थियो । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । यशोदालाई छोरा यमन श्रेष्ठले दागबत्ती दिए । यशोदाको अन्त्येष्टिमा पशुपतिमा कलाकर्मी र सर्वसाधारणहरूको घुइँचो लागेको थियो ।