चैत २३ गते रिलिज हुने चलचित्र ‘तिमि सँग’को बुधबार प्रिमियर सम्पन्न भएको छ । काठमाडौँको कमलपोखरी स्थित कुमारीहलमा आयोजना गरिएको प्रिमियरमा दर्जन बढि कलाकार र सचांरकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्रका नायक आकाश श्रेष्ठ ‘रामकहानी’ छायाँकनले उपस्थित हुन् नसक्दा साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेन प्रिमियरको केन्द्रबिन्दुमा रहे ।प्रिमियर पश्चात सबैबाट ‘तिमि सँग’ले सकारात्मक प्रतिक्रिया बटुल्यो ।
प्रिमियरबाट पाएको प्रतिक्रियाले साम्राज्ञी र नाजिर खुसि देखिन्थ्ये । लामो समयको मिहेनतलाई उपस्थित सबैले रुचाईदिदा मनमा खुसि पैदा भएको साम्राज्ञी र नाजिरले मिडिया खुसि साटे । शिशिर राणा निर्दे्शित चलचित्रको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाहरमिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जीरदिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।