आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र तिमीसँगले पहिलो दिन सुखद सुरुवात गरेको छ। निर्देशक तथा निर्माता समेत रहेका शिशिर राणाको अनुसार गोपिकृष्णको बिहानी सो हाउसफुल रहेको र दिउँसोको अधिकांश सो हाउसफुल रहेको बताए । त्यस्तै मल्टिप्लेसमा थोरै सो पाएको चलचित्रको शनिवार सो थपिने समेत उनले दाबी गरे । बिहान देखि निर्देशक राणा र चलचित्रका कलाकार नाजिर हुसेन विभिन्न हलहरू पुगेर दर्शकसँग सात्क्षतकार गरिरहेका छन् । चलचित्र हेरेपश्चात् धेरैले नाजिरको अभिनयको तारिफ गरेका छन् ।
हेर्नुस् हलमा फ्यानहरुसँग घेरिएका नाजिर हुसेन :-
हलमा नाजिरसँग फोटो खिच्नेको भिड देखिएको थियो । दर्शकबाट पाएको प्रशंसाले नाजिर दङ्ग देखिन्थ्ए । यता चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठ चलचित्र छायाङ्कनमा व्यस्त भएको कारण दर्शकमाझ पुग्न पाएनन् ।