चर्चित रियालिटी शाे ‘हिमालय रोडिज’को दोस्रो सिजन सुरु भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्देशक अमन प्रतापले हिमालय रोडिजको बारेमा औपचारिक घोषणा गरेका हुन् । गत वर्ष ‘राइजिङ थ्रिु हेल’ थिममा प्रसारण भएको रोडिज यस बर्षभने नयाँ थिमको साथ आउने निर्देशक प्रतापले जानकारी दिए । यस पटक ‘वाइल्ड वाइल्ड वेष्ट’को थिममा रोडिस सुरु हुने छ । यसपटकपनि जजको रूपमा दिया मास्के, आशिष् राना‘लाहुरे’ र रेमनदास श्रेष्ठ हुनेछन् ।रोडिजमा १८ वर्ष भन्दा माथिको उमेरकाले अडिसन दिन पाउने छन् भने यसको अडिसन देशको विभिन्न स्थानमा गरिनेछ । । ५ एपिसोड अडिसन प्रसारण हुनेछ भने १३ एपिसोड जर्नी राउन्ड चल्नेछ । हिमालय टेलिभिजनमा यो सो विश्वकप फुटबल पश्चात् प्रसारण हुनेछ । विजेताले नगद २० लाख पुरस्कार समेत पाउनेछन् ।