सानै उमेरमा पोर्नस्टार बन्ने भन्दै चर्चामा आएकी अर्चना पनेरुले केही समय अघि आफूले एक अमेरिकी नागरिकसँग विवाह गरेको भन्दै तस्बिर सेयर गरेकी थिइन् । उनले आफ्नो  युट्युबमार्फत अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह गरेको बताइएकी थिइन् । तर केही दिन अघि अर्चनाले उक्त विवाह नक्कली भएको समेत बताइन् । यति बेला अर्चनाका नक्कली श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बलम्बुमा घर भाडा लिएर बस्दै आएका उक्त अमेरिकी नागरिकलाई घरबाट २ सय ग्राम गाँजाका साथै दर्जनौँ प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।त्यस्तै उनको कोठाबाट प्रहरीले एक बालक र एक बालिकालाई पनि उद्धार गरेको छ । उक्त घरमा अश्लील गतिविधि भइरहेको स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो । स्थानीयका अनुसार  अर्चनाका आमा छोरी उक्त घरमा बेला–बेलामा जाने गरेको बताएका छन् ।