पछिल्लो समयकी व्यस्त नायिका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोहरूमा कार्की उत्तिकै व्यस्त छिन् । यो वर्षको सुरुवात देखि प्रियंका अभिनित चलचित्र प्रदर्शनमा आए । चैत्रमा उनी अभिनित शत्रु गते रिलिज भयो भने चैत्र ३०मा अर्को चलचित्र ‘लिलीबिली’ रिलिज हुदैँछ । लिलीबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । लिलीबिली रिलिज नहुँदै मिलनले ‘ह्याप्पी डेज’को रिलिज मिति घोषणा गरेका छन् । उनको अनुसार चलचित्र वैशाख १४ गतेबाट रिलिज हुने छ । निर्देशक चाम्सले पाँचौँ पटक चलचित्रको प्रदर्शन मिति तय गरेका छन् । ह्याप्पी डेजमा प्रियंका कार्की, दयाहाङ राई, सञ्जय गुप्ताको मुख्य भूमिका रहेको छ । यता सोही मितिमा केकी अधिकारीको निर्माणमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुँदै छ । जसमा प्रियंकाको मुख्य भूमिका रहेको छ । यसरी हेर्दा वैशाख १४ गते प्रियंकाका दुई चलचित्र एकसाथ रिलिज हुदैँछन् । यति बेला ‘चङ्गा चेट’ लगायतका केही चलचित्रको छायाङ्कनमा व्यस्त प्रियंकाले ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’लाई कसरी समय मिलाउँछिन्, त्यो हेर्न बाँकी छ ।