केही दिन अघि मानव बेचबिखनको अभियोगमा पक्राउ परेका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई उच्च अदाल पाटनले जमानत दिएको छ । फाल्गुण १८ गते काठमाडौँ अदालतले दोषी ठहर गर्दै मुद्दा चलान गरी थुनामा राख्न आदेश दिएको थियो । केही दिन अगाडी उच्च अदालत पाटनले राजेन्द्र खड्गीलाई पुनरावेदन दर्ता गराएको थियो । उक्त पुनरावेदन अनुसार उच्च अदालत पाटन न्यायधीसले मुद्दा सुनुवाइ गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएका हुन् । कोरियामा करातेको डकुमेन्ट्री बनाउने भन्दै ११ जनालाई उतै लुकाएपछि कोरियन दूतावासले खड्गी माथि उजुरी गरेको थियो ।