केही दिन अघि काठमाडौँ आयोजित एक कार्यक्रमबिच निर्माण घोषणा गरिएको चलचित्र चौका दाउमा मुख्य अभिनेत्रीको रूपमा नायिका वर्षा राउत अनुबन्धित भएकी छिन् । वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाका छोरा सौर्यजीव बाँस्कोटाले निर्माण गर्ने चलचित्रलाई पूणेन्दु झाले निर्देशन गर्नेछन्। निर्देशक झाले वर्षासँगको तस्बिर राख्दै चलचित्रमा नायिका फाइनल भएको जानकारी दिएका छन् । रमाइलो रोल रहेको कारण दर्शकले आफ्नो भूमिका मन पराउनेमा वर्षा विश्वस्त रहेकी छिन्।चलचित्रमा विल्सन विक्रम राई, रविन्द्र झा, सन्तोष पन्त, तैयब शाह लगाएताका कलाकारको अभिनय रहेको छ।