अभिनेता अनुप विक्रम शाही र नायिका मलिना जोशीको मुख्य भूमिका रहेको चलचित्र रानी युट्युबमा सार्वजनिक भएको छ । केही दिन अघि युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकले निकै रुचाएको देख्न सकिन्छ । अहिलेसम्म रानीलाई युट्युबमा साढे ६ लाख भन्दा बढीले हेरिसकेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । त्यस्तै चलचित्रलाई सात हजार बढीले लाइक गरेका छन् । यही वर्ष कात्तिक २ गतेबाट प्रदर्शनमा आएको रानीले हलमा पानी पनि भन्न पाएको थिए । त्रिकाणात्मक प्रेम कथामा आधारित चलचित्रमा सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठ मुख्य भूमिका रहेको छ। चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् भने यम थापाको कथा रहेको छ । बिमल मान गुभाजुले निर्माण रहेको चलचित्र पछिल्लो समय युट्युबमा चर्चित बनिरहेको छ ।