गत वर्षको सुपरहिट चलचित्र 'जात्रा'को सिक्वेल बन्ने भएको छ । सिक्वेल चलचित्रको नाम 'जात्रै जात्रा' राखिएको छ । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् भने रविन्द्रसिंह बानियाँले निर्माण गर्ने भएका छन् । निर्देशक भट्टराईको अनुसार चलचित्रमा प्राय पुराना कलाकार दोहोरिने छन् । 'जात्रा'मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको थियो । 'जात्रै जात्रा'को यति बेला कथा लेखनको काम भइरहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए । फागुन १७ गते प्रदर्शन मिति तोकेको चलचित्रको छायाङ्कन भने असारको अन्तिमबाट सुरु हुनेछ ।