चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’को आज जन्मदिन । उनी आज ४३ औँ जन्मदिन मनाउदैछन् । घिमिरेले चर्चित हास्य शृङ्खला ‘मेरी बास्सै’बाट माग्नेबुढाको परिचय पाएका हुन् । घिमिरेले ‘६ एकान ६’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् । उनले हालै चलचित्र ‘रामकहानी’मा १० लाख पारिश्रमिक लिएका थिए । जुन निकै चर्चाको विषय बन्यो । माग्ने बुढा(केदार घिमिरे) लाई जन्मदिनको शुभकामना ।