युवापुस्ता माझ लोभलाग्दो क्रेज बनाएका नायक हुन् अनमोल केसी । एक पछि अर्को हिट चलचित्र दिएका अनमोलले यो वर्ष ‘कृ’ रिलिज भयो । यो वर्षको प्रतिक्षित चलचित्र कृले अपेक्षित कमाई गर्न नसकेता पनि अनमोलको चर्चा भने निकै बढाएको थियो ।

हाल चलचित्र क्याप्टेनको तयारीमा लागिरहेका अनमोल यस्ता कलाकारमा पर्छन जो कहिले मिडियामा आएका समाचारलाई प्रतिक्रिया दिदैन्न् । खासै मिडियामा आउन नरुचाउने अनमोलले यति बेला भने एक समाचारप्रति आपत्ति जनाएका छन् । केही दिन अघि ‘गाउँले भनेका साच्चिकै भिकारी हुन् र शहरिया चुहियो हुन्’ भन्ने शीर्षकमा प्रकाशित समाचारलाई लिएर अनमोलले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । समाचारप्रति आपत्ति जनाउँदै अनमोलले नभनेको कुरालाई समाचार बिकाउन जथाभाबी हेडलाइन लेखेको समेत बताएका छन् । उनी लेख्छन् ‘र समाचार बिकाउने उद्देश्यले कसैको पनि चरित्र हत्या नगरिदिनु हुन पनि अनुरोध गर्दछु ।सबैलाई मेरो सम्मान र सद्भाव रहेको छ्र ।’ 

समाचार प्रति अनमोलको आपत्ति, भन्छन् ‘चरित्रहत्या नगरिदिनु’