पछिल्लो समय चलचित्र प्रमोसन गर्न सिनेमा मकेरहरु विभिन्न फण्डाहरु अपनाउने गर्दछन् । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न दाउमा यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिम लागेको छ । आउँदो वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’ टिमले फुडमान्डुसँग सहकार्यगरि प्रमोसनको नयाँ विधि अपनाएको हो । दर्शकलाई प्रत्यक्ष जानकारी दिनलाई चलचित्रकी निर्मात्रीसाथै नायिका केकी अधिकारी र अर्की नायिका ऋचा शर्मा मिलेर राजधानीका केही घरहरूमा पिज्जा पुर्‍याएका छन् । फुडमाण्डुको झोला बोकेर यी दुई नायिका कहिले गैरिधारा  त कहिले कपन पुगेर दर्शकलाई पिज्जा डेलिभरी गरेका थिए । 

कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकी र ऋचाको साथमा प्रियंका कार्की, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।