भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलीबिली’ले काठमाडौँको मल्टिप्लेक्समा २५ शो पाएको छ । चलचित्रले ललितपुरको लाबिम मलमा ६ शो, काठमाण्डौको सिभिल मलमा ६ शो, यस्तै कुमारी हलमा ५ शो, जय नेपाल हलमा ३ शो र छाया सेन्टरमा ५ शो पाएको हो ।
अन्य चलचित्रको भन्दा राम्रो शो पाएको चलचित्र लिलीबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रका नायक प्रदीप खड्काको बढ्दो क्रेजको कारण बिहानी शो नै हाउसफुल रहने अनुमान गरिएको छ । बुधवारबाट बुकिङ खुल्ला गरिएता पनि बिहीबार बिहान सम्म चलचित्रको तिन सोको बुकिङ भइसकेको छ । गोविन्द शाही र सुदिप खड्काको लगानीमा निर्माण भएको चलचित्रमा प्रदीपको साथमा नव–नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको छ ।