यो वर्ष कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाको लागी फलिफाप नै रह्यो । एकातिर चलचित्र ‘छक्का पञ्जा २’को चर्चा र अर्को तिर एउटा चलचित्रको लागी १० लाख पारिश्रमिक लिएर विषयले मिडियामा निकै स्थान पायो ।
घिमिरेले पहिलो पटक ‘छक्का पञ्जा’ युनिटबाट निस्किएर नायिका पूजा शर्माको ‘रामकाहनी’मा काम गरेका थिए । तर अब माग्नेबुढाले छक्का पञ्जा टिमबाहेकको चलचित्रमा काम नगर्ने घोषणा गरेका छन् । उनले आफ्नो ४४ औँ जन्मदिनको दिन एक मिडियासँग कुरागर्दै आफू बाहिरको ब्यानरसँग काम नगर्ने घोषणा गरेका हुन् । उनलाई हालै एक चलचित्रको लागी २० लाख पारिश्रमिकको अफर गरिएको थियो । तर उनले उक्त पारिश्रमिक अस्वीकार गरेका छन् । घिमिरेको अनुसार छक्का पञ्जाको टिम बाहिरको चलचित्रमा काम गर्न थाले टिम नै छरिने भएकोले गर्दा बताएका छन् ।