चलचित्र अमेरिका बोइजको टाईटल गीत ‘आयो सहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द,सङ्गीत तथा स्वर दीपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ ।
कभर गीत विजेताले रु ५०००० नगद सहित आकर्षक पुरस्कार जित्नेछन ।प्रवेश पौडेल निर्दे्शित यस चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष् प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी रहेको छ । समीर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह–निर्माताको रूपमा रहेका छन् । विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको चलचित्रमा दीपक आरजे र जयन जे बाइवाको सङ्गीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट् बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।