गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलीबिली’लाई दर्शकले निकै रुचाइएको पाइएको छ। चलचित्रको शुक्रवार र शनिवारका अधिकांश सो हाउसफुल भएको छ । नायक प्रदीप खड्का अभिनित चलचित्रले रिलिजको पहिलो दिन शुक्रवार ६५ प्रतिशत अकुपेन्सी कायम गरेको थियो भने शनिवार देशभर हाउसफुल भएको निर्माण पक्षले बताएको छ ।

शनिवार चलचित्रका कलाकार प्रदीप खड्का, जसिता गुरुङ, निर्देशन मिलन चाम्स, निर्माता गोविन्द शाही नयाँबर्षको शुभकामना सहित दर्शकसँग साक्षत्कार गर्न हल–हल पुगेका थिए ।हल पुगेका प्रदीपको लोभलाग्दो क्रेज देखिएको थियो । उनीसँग फोटो खिचाउन फ्यानहरु भिड थियो । त्यस्तै यता डेव्यु नायिका जसिता गुरुङपनि दर्शकसँग साक्षत्कार गर्न पुगेकी थिइन् ।जसिताको अभिनयलाई धेरैले रुचाएका छन् । मिलन चाम्स निर्दे्शित चलचित्रमा प्रदिप र जसिताको साथमा प्रियंका कार्की, अनुपविक्रम शाही र सविन श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।