चलचित्र ‘बेवी आइ लभ यु’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब जेठ १८ गते प्रदर्शनमा आउने भएको छ । सोही मितिमा अभिनेता दयाहाङ अभिनित ‘भैरे’ले आफ्नो प्रदर्शन मिति केही समय अघि तय गरेको थियो ।
शिव न्यौपानेको प्रस्तुति रहेको ‘बेवी आइ लभ य’ मा सन्तोष खड्गी र पूजा पूजा तिवारी मुख्य भूमिका रहेको छ । उनीहरूसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा र संगति नायक खड्गीको रहेको छ भने काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ ।
बेवी आई लभ यु मा सृजना परियार र दुर्गा पाण्डे सह निर्माताको रूपमा छन् । चलचित्रले युवा दर्शकलाई हलमा आकर्षण गर्ने युवा निर्माता शिव न्यौपाने बताउँछन् । चलचित्रको छायाङ्कन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।