प्राय बलिउडमा मात्र सुनिन्छ आफूलाई मनपर्ने कलाकारलाई भेट्न  घरबाट भागेको खबरहरू । तर नेपालमा पनि यस्तो हुन थालेको छ । हालै नायक अनमोल केसीलाई भेट्न ४ भारतीय किशोरीहर नेपाल आएका छन् । १४ वर्ष मुनिका ४ जना किशोरी नायक अनमोललाई भेट्न भन्दै घरबाट भागेर आएको पुष्टि भएको छ । उनीहरूलाई काठमाडौँको कोटेश्वरमा अलपत्र परेपश्चात् माइती नेपालले उद्धार गरेको माइती नेपाल निर्देशक विश्वराम खड्काले जानकारी दिए । अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौँ अलपत्र परेपछि भारत कालिङपोङमा रहेको परिवारलाई खबर गरेका थिए । भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौँको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो ।उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । निर्देशक खड्काको अनुसार उक्त किशोरीहरुको परिवार भोलि सोमबार काठमाडौँ आएसँगै परिवारलाई जिम्मा लगाइदिने बताए । युवापुस्ता माझ लोभलाग्दो क्रेज बनाएका अनमोलको हालै ‘कृ’ रिलिज भएको थियो ।।