अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाही अभिनित चलचित्र वीराङ्गना असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्मदिनमा चलचित्रको छायाङ्कनमा सहयोग गर्ने व्यक्तिहरू सशस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रको रिलिज डेट कन्फर्म गरेको हो ।चलचित्रको वितरणको जिम्मा काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएका छन् । नारी प्रदान चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र शिल्पा र अनुप विक्रमका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।