आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । झन्डै एक हप्तापछि पोखरा, बुटवल, नारायणढ र धरानमा प्रमोसन सकाएर चलचित्र युनिट राजधानी फर्किएको छ । निर्माण पक्षको अनुसार यो युनिट राजधानी आसपासको क्षेत्रमा केन्द्रित हुनेछ । 
मोफसल प्रचारमा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली थियो । डमरुको डन्डीबियो टोली अब राजधानीको प्रचार प्रचारमा केन्द्रित हुनेछ । गत सातादेखि राजधानीका मुख्य मुख्य मल र चोकमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । 
चलचित्रले राष्ट्रिय खेलबाट हटाइएको डन्डीबियो खेलको कथालाई उठाएको छ ।  समृद्धि ईन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । 
चलचित्रमा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरू बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा लगायतको अभिनय रहेको छ । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो चलचित्र नेपालसँगै अस्ट्रेलियामा पनि वैशाख २१ गते रिलिज हुने भएको छ ।