काठमाडौँको चावहिलस्थित गोपीकृष्ण हलामा बक्स अफिस प्रणालीको अफिसिल सुरु भएको छ । यही वैशाख १० गतेदेखि राजधानी र यसका आसपासका सिंगल थिएटरमा  बक्स अफिस लागु गर्ने गरी गोपीकृष्ण हलमा उक्त प्रणालीको आइतबार परीक्षण गरिएको हो ।विकास बोर्ड अध्यक्ष निकिता पौडेलका अनुसार वैशाख १० गते देखि राजधानीमा रहेका पुष्पाञ्जली, सिदार्थ, पृथ्वी, कलङ्की हलहरूमा बक्स अफिस प्रणाली लागु हुने छ । यति बेला ब्रेन डिजिटले सर्भर जडानको कार्य गरिरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ अर्थात् श्रावणदेखि भने बक्स अफिस प्रणाली पूर्ण रूपमा देशभर लागु हुनेछ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरूलाई बोर्ड सहयोग पनि गर्ने अध्यक्ष पौडेलले बताएकी छन् ।साउनदेखि देशभर बक्स अफिस प्रणाली लागु गर्ने पूर्व घोषित कार्यक्रम अनुसार बक्स अफिस प्रणाली लागु गर्न लागिएको हो । यो प्रणाली लागु भएपछि फिल्मले गर्ने व्यापारमा पारदर्शिता र निर्माताले यकिन हिसाब पाउने विश्वास छ ।