पछिल्लो समय चलचित्र प्रमोसन गर्न सिनेमा मकेरहरु विभिन्न फण्डाहरु अपनाउने गर्दछन् । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न दाउमा यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिम लागेको छ । आउँदो वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’ टिमले फुडमान्डुसँग सहकार्यगरि प्रमोसनको नयाँ विधि अपनाएको हो । हेर्नुस् भिडियो ः
यस अघि दर्शकलाई प्रत्यक्ष जानकारी दिनलाई चलचित्रकी निर्मात्रीसाथै नायिका केकी अधिकारी र अर्की नायिका ऋचा शर्मा मिलेर राजधानीका केही घरहरूमा पिज्जा र्पुयाएका थिए । फुडमाण्डुको झोला बोकेर यी दुई नायिका कहिले गैरिधारा त कहिले कपन पुगेर दर्शकलाई पिज्जा डेलिभरी गरेका थिए । त्यस्तै मङ्गलवार केकी र चलचित्रकी अर्की नायिका प्रियंका कार्की मिलेर विभिन्न सेलिब्रेटीहरुलाई सप्राइज दिएका छन् । यी दुई नायिकाले बिहान देखि कहिले अनामनगर पुगेर कलाकार तथा निर्देशक दिपाश्री निरौलाई पिज्जा डेलिभरी गराएका थिए । त्यस्तै दरबारमार्गमा बैकंर रविना देशराजलाई पिज्जासँगै सप्राइज दिएका थिए । रविना नायक आयुष्मान देशराज र आशिरमान देशराजकी आमा हुन् ।
कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकी र ऋचाको साथमा प्रियंका कार्की, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।