चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको २५ औँ दिनसम्म आइपुग्दा करिब दश करोड भन्दा बढीको कमाई गरेको छ ।
यद्दपी चलचित्र युनिटले कुल कलेक्सन कति भयो त्यो भने खुलाइएको छैन । प्रदीप भट्टराईको निर्देशनमा बनेको शत्रु गते यति बेला चौथो सातामा सफलताको साथ प्रदर्शन भइरहेको छ। चौथो साता सम्म आइपुग्दा पनि मल्टिप्लेसमा अझै उच्च सो पाइरहेको छ । त्यस्तै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्रमा ‘छक्का पञ्जा’ पहिलो स्थानमा छ । जसले १६ करोडको कलेक्सन गरेको थियो । त्यस्तै ‘छक्का पञ्जा २’ १५ करोडको कलेक्सन गर्दै दोस्रो स्थानमा छ भने स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘काहिनुर’ १२ करोडको कलेक्सन गर्दै तेस्रो स्थानमा रहेको छ ।