अभिनेता दयाहाङ राई र राजन खतिवडाको निर्देशनमा तयार भएको नाटक ‘क्लब सेभन’को मञ्चन सुरु भएको छ । मंगलबारबाट अनामनगर स्थित मण्डला नाटक घरमा ‘क्लब सेभन’को मञ्चन सुरु भएको हो । यो एक ‘एब्सर्ड’ नाटक हो। नाटकमा तीनवटा घटना देखाइने छ जसले समसामयिक शहरी सभ्यतामा मानिसको मनोविज्ञान कस्तो हुन्छ भनेर बताउँछ। नाटकलाई सोमनाथ खनाल र सिजन दाहालले लेखेका हुन् । नाटकमा मण्डलाका  छैंठौं ब्याचका २७ कलाकारहरूको अभिनय रहेको छ । जसमा सुषमा निरौला, रिजन परियार, सचिन मल्ल, कुशल गजमेर, सबिन घलन, सपना चौधरी, करण चन्द, किरण भेतवाल, समित कपाली लगायतका कलाकारले नाटकमा अभिनय गरेका छन्। मंगलबारबाट सुरु भएको नाटक सोमबार बाहेक वैशाख २३ गतेसम्म मञ्चन हुने छ । त्यस्तै शनिवार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।