नायक पल शाहलाई २०७४ साल निकै सुखद नै रह्यो । वर्षको सुरुवात देखि अन्त्यसम्म उनी अभिनित तिन चलचित्र ‘म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान र शत्रु गते’ रिलिज भए । म यस्तो गीत गाउँछु वर्षको पहिलो हिट बन्यो भने जोनी जेन्टलम्यानले औसत कमाई गरेको थियो ।
त्यस्तै चैत्र ९ गते रिलिज भएको शत्रु गते हाल पाँचौँ सातामा सफलताको साथ प्रदर्शन भइरहेको छ । तर यो वर्ष भने पल शाहका कुनै चलचित्र छैनन् । मिडियासँग कुरा गर्दै पलले अब केही महिना चलचित्र नगर्ने बताएका छन् । उनी भन्छन् ‘अब केही महिना रेष्ट लिन्छु । यस बिचमा स्किृष्टहरु पढ्ने छु । अब केही समय कुरेर राम्रो कथा छान्ने प्रयास गर्नेछु । ’ पललाई लगातार चलचित्र हिट भएपछि पारिश्रमिक बढेको हो भन्ने प्रश्नमा उनी भन्छन् ‘कलाकारको रेट हुँदैन । मेरो बजार भ्यालु कति छ?र मलाई कति दिएमा ठिक होला भन्ने उहाँहरूले बुझ्नु हुन्छ होला ।पारिश्रमिकको अफर कति आउँछ, मलाई चित्त बुझ्यो भन्ने मिलेर काम गर्छु । ’