यही वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लम्फु’को नयाँ गीत सार्वजनिक भएको छ ।सार्वजनिक भएको ‘सुको नहोस् यार’बोललको गीतमा अर्जुन पोखरेलको सङ्गीत, शिव परियारको स्वर रहेको छ भने प्रमोद ढुंगानाको शब्द रहेको छ । शिव बिकेको कोरियोग्राफीमा तयार भएको भिडियोमा चलचित्रका नायकद्धय कबिर खड्का र सलोन बस्नेत फिचर छन् । 

 

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), अयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुसुम श्रेष्ठको पनि अभिनय रहेको छ ।‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् ।